वायु प्रदुषणको मार र उपत्यकामा जनजीवन प्रभावित

0 19

काठमाडौं । पछिल्लो सातादेखि उपत्यकामा मौसम परिवर्तनका एवं वायु प्रदुषणका कारण जनजीवन प्रभावित भएको छ । मौसमको अनिश्चितता बढ्दै जाँदा दैनिक जीवनमा प्रतिकूल असर परेको छ । मौसम परिवर्तन र वायु प्रदूषणका कारण सर्वसाधारणको स्वास्थ्य तथा नियमित कामकाजहरु संचालनमा समस्या रहेका छन । पछिल्लो केही सातादेखि मौसममा आएको परिवर्तनले यो असर गरेको हो । विशेषगरी काठमाडौं उपत्यकामा विद्यार्थी, श्रमिक, व्यवसायी तथा सर्वसाधारण यसबाट प्रभावित भएका छन् ।

यसरी नागरिकले अनियमित र प्रतिकूल मौसमका कारण भौतिक तथा मानसिक समस्याहरु झेल्नुपरेको छ । फलतः भाइरल ज्वोरो बढ्नुका साथै गम्भीर स्वास्थ्य समस्या देखिएका छ्न । विशेष गरी श्वासप्रश्वास सम्बन्धी रोगहरू देखा परेका छन् ।

विद्यमान स्थिति कायम नै रह्यो भने विशेषज्ञहरूका अनुसार बढ्दाे वायु प्रदूषणको कारण भविष्यमा समस्याहरु अझ गहिरिन सक्ने अनुमान गरिएको छ । साथै सचेत रहन समेत चेतावनी दिइएको छ ।

सम्बन्धित
Loading...