रुस-युक्रेन युद्ध रहस्य
काठमाडौं । रुस-युक्रेन युद्धको पछिल्लो घटनाक्रममा युक्रेनले १० मार्चका दिन मस्को नजिक ड्रोन आक्रमण गरेको छ । रुसी सञ्चारमाध्यमका अनुसार आक्रमणमा केही नागरिकको मृत्यु भएको छ भने कयौं घाइते भएको जनाएको छ ।
रुसले युक्रेनी आक्रमणको क्रममा आफ्ना नागरिकको भौतिक क्षति भएको दाबी गरेको छ । जसले द्वन्द्व समाधानका लागि भइरहेका वार्ताहरूको प्रभावशीलतामा प्रश्न उठाएको छ । एकातिर शान्ति वार्ताको चर्चा चलिरहेको बेला अर्कोतर्फ हिंसात्मक आक्रमण जारी रहनु अन्तर्राष्ट्रिय स्तरमा गम्भीर चासोको विषय बनेको छ ।
रुस-युक्रेन युद्धको समाधान वार्ता तथा संवादद्वारा सम्भव हुने वा युद्ध अझै चर्किने र त्यसले मानव विनाशको नकारात्मक दिशा पक्रने भन्ने विषय अनिश्चित बन्दै गएको छ ।