जो बाइडेन र शी जिनपिङबीच भर्चुअल बैठक: विरोध र चेतावनी दिदै सकियो
अन्तर्राष्ट्रिय । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच भर्चुअल बैठक भएको छ । उहाँहरुबीचको यो वार्तालाई निकै महत्वपूर्ण मानिएको छ । दुई नेताबीचको यो बैठक ताइवान, व्यापार र मानवाधिकारको मुद्दामा जारी तनावबीच भएको हो ।
उक्त भर्चुअल बैठकमा ताइवानको स्थितिमा कुनै प्रकारको एकतर्फी परिवर्तनको अमेरिकाले निकै कडा रुपमा विरोध गर्ने राष्ट्रपति बाइडेनले शी जिनपिङसँग बताएका छन ।
समाचार एजेन्सी रोयटर्सका अनुसार शी जिनपिङले राष्ट्रपति बाइडेनलाई ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु आगोसँग खेल्नु सरह भएको र जसले आगोसँग खेल्छ ऊ जल्ने भन्दै चेतावनी दिएका छन ।
-बीबीसी