रुखमा झुन्डिएको अवस्थामा युवा मृत फेला
१३ भदौ, बर्दिया । बर्दिया जिल्लाको मधुबन नगरपालिका–९ लाली बजार नजिक एकजना युवा मृत फेला परेका छन् । हुलाकी राजमार्गस्थित एक मन्दिरको छेउमा रहेको पिपलको रुखमा उनी झुन्डिएको अवस्थामा भेटिएका हुन् ।
प्रहरीका अनुसार मृतक बाजुरा जिल्ला गौमुल गाउँपालिका–३ घिर्गालाका ३३ वर्षीय सागर रोकाया रहेका छन् । उनले झुन्डिएर आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाबारे जानकारी दिंदै नेपाल प्रहरीका इञ्चार्ज कृष्ण डाँगीले थप अनुसन्धान भइरहेको बताए । यसरी आत्महत्याको कारण भने खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
