कर्णाली प्रदेश अपडेट: गाँस,वास,कपासका लागि भुमिहिन वादी समुदायको आन्दोलन 

लालपुर्जासहितको खेतीयोग्य जमिन, घर र रोजगारीको माग

0 473

सुर्खेत । जग्गा माग गर्दै कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चौरमा धर्ना बसेका बादी समुदायका बालबालिका तथा वृद्धवृद्धा बिरामी पर्न थालेका छन । चौरमा चार दिनदेखि दिनरात धर्नामा बसेका उनीहरू बिरामी पर्न थालेका हुन ।

बालबालिका र वृद्धवृद्धामा रुघाखोकी तथा ज्वरोको समस्या देखिएको संघर्ष समिति दैलेखका अध्यक्ष प्रेम बादीले बताए । ‘दिउँसोको चर्काे घाम र रातिको चिसोका कारण पनि होला रुघाखोकी र ज्वरोका बिरामी बढेका छन्,’ अध्यक्ष बादीले पत्रकारसँग भने, ‘राम्रोसँग खान नपाउँदा पनि समस्या भएको छ ।’

बिरामी परेका बादी समुदायका केहीको प्रदेश अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । लालपुर्जासहितको खेतीयोग्य जमिन, घर र रोजगारी दिनुपर्ने माग राख्दै दैलेख र कालिकोटका बादीहरू चार दिनदेखि मुख्यमन्त्री कार्यालयअगाडिको खुला चौरमा धर्नामा बस्दै आएका छन  । कर्णाली प्रदेश सरकालाई धर्ना दिन दैलेखबाट आएका दुई सय ४० जनामध्ये ७० भन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेको हिक्मत बादीले जानकारी दिए ।

यसै बीच सुर्खेतको वीरेन्द्रनगरमा विगत सात दिनदेखि आन्दोलित वादी समुदायको आन्दोलनलाई नेकपा(क्रान्तिकारी माओवादी)ले एक्यवद्धता रहेको जनाएको छ ।
भुमिहिन वादी समुदायको आन्दोलनलाई समर्थन गर्दै नेकपा(क्रान्तिकारी माओवादी)ले ऐक्यबद्धता जाहेर गरेको छ ।

मान्छे जन्मने वित्तिकै जातभात,लालपुर्जा ल्याएर आउदैन सवै सवै विश्वभरिका जनताले काम गरिखाने अधिकार प्राकृतिक न्याएको सिद्धान्तले दिन्छ क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका कर्णाली प्रदेश संयोजक दिपक शाहीले भने,‘वादी समुदायले पनि गरि खान पाउनु पर्ने र त्यस्को राज्यले तुरुन्त व्यवस्था गर्नुपर्छ ।

‘अहिले सरकारमा बसेका मन्त्रिहरु नै बालुवाटारको जग्गा कब्जा गर्न उद्धत छन्,‘तर खान नपाउने पिछडिएका वर्ग वादी समुदायका जनतालाई काम गरेर खाने एउटा जग्गासम्म उपलब्ध गराउन नसक्ने अहिलेको सरकार निकम्मा र दलालहरुको सरकार भएको पुष्टि भएको छ ।,
केन्द्रिय सदस्य शाहीले भने,‘आन्दोलनमा आफुहरुको पुर्ण एक्यबद्धता रहेको छ ,‘हामी यो आन्दोलनका निम्ति सम्पुर्ण रुपले सम्पुर्ण राजतीतिक दल र जनतालाई समर्थन गर्न आह्वान गर्दछौँ ।

पहिलो प्रथमिकता भनेको राज्यले सम्पुर्ण नेपाली जनताले जग्गा पाउने भन्ने मान्यता राख्छु शाहीले भने,‘यदि राज्यले दिएन भने शान्तीपुर्ण ढङ्गले माग्ने भएन भने विद्रोह गछौँ ।

अधिकार नपाएसम्म प्रतिरोध गर्ने हाम्रो अधिकार रहेको र आमाले पनि बच्चा नरोएसम्म नदिने संज्ञा दिदै शाहीले भने आन्दोलनरत वादी समुदायका जनताको आन्दोलनमा आफुहरुको एक्यबद्धता छ । अहिले शान्तिपुर्ण आन्दोलन भइरहेको छ । यो आन्दोलनमा आफुहरुले साथ दिएका छौँ ।
आन्दोलनरत गरिब उत्पिडीत जनताले न्याए पाएनन् भने हामी त्यसका विरुद्ध प्रतिरोध गछौँ र जनताको प्रतिरोध सरकारले सहनुको विकल्प नरहेको शाहीले बताए ।

सम्बन्धित
Loading...