थाईल्यान्डमा राजतन्त्र विरुद्ध प्रदर्शन

राजाको अधिकार कटौतीको माग

0 449

अन्तराष्ट्रिय । थाईल्यान्डमा प्रदर्शनकारीहरूले राजतन्त्र विरुद्ध आमरुपमा विरोध प्रदर्शन गरेका छन्। उक्त विरोध कार्यक्रममा प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार समेत कटौती गर्नु पर्ने माग गरेका थिए।

वैदेशिक भ्रमणमै व्यस्त हुने जनतन्त्र,जनजीवीकाका सवालमा मौन रहने राजा महा वाचिरालङ्कनविरुद्ध विद्यार्थीहरूले नेतृत्व गरेको प्रदर्शनमा विरोध भएको हो।

थाईल्यान्ड सरकारले देशमा शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न सङ्कटकालीन आदेश जारी गरेको वि.वि.सीमा उल्लेख गरिएको छ । अहिले देशमा शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको थाई सरकारले बताएको छ।

सम्बन्धित
Loading...