ह्वाइट हाउसमा शक्तिशाली पद प्राप्त गर्ने पहिलो महिला बन्दै: नीरा टन्डन

0 419

बर्दिया ।  अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले भारतीय–अमेरिकी महिलालाई महत्वपूर्ण जिम्मेवारी दिने सम्भावना देखिएको छ।

बिबिसीका अनुसार उनले नीरा टन्डनलाई प्रबन्ध तथा बजेट विभागको निर्देशक बनाउने सम्भावना देखिएको हो।

जुन पद ह्वाइट हाउस (राष्ट्रपतिको कार्यालय) का प्रमुख पदमध्ये एक हो, जसको जिम्मेवारी सरकारको बजेट व्यवस्था गर्नु हो।

समाचार एजेन्सी पिटिआईका अनुसार अमेरिकाको सिनेटले उनको नाम अनुमोदन गर्यो भने ५० वर्षीया नीरा ह्वाइट हाउसमा यति शक्तिशाली पद प्राप्त गर्ने पहिलो अश्वेत महिला हुनेछिन्।

अहिले नीरा ‘सेन्टर फर अमेरिकन प्रोग्रेस’ मा प्रमुख कार्यकारी छिन्।

द वाल स्ट्रिट पत्रिकाका अनुसार नीरालाई मनोनयन गर्ने निर्णय बाइडेनको उदारवादी र केन्द्रीय आर्थिक सल्लाहकारको टोली निर्माण गर्ने योजनाको एक हिस्सा हो।

टोलीले ट्रेजरी सेक्रेटरीमा मनोनित जेनेट येलेनसँगै काम गर्ने छ। यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

सम्बन्धित
Loading...