देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले प्रदेश भरि विरोध सभा सम्पन्न

आन्दोलनमा जानुको विकल्प नरहेको दावी

0 357

बर्दिया । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकारविरूद्ध लुम्बिनी प्रदेश भरी आन्दोलन गरेको छ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकार जनविरोधी र राष्ट्रघाती रहेको भन्दै यसको भण्डाफोर गर्न प्रदेश स्तरीय विरोध कार्यक्रम आज गरेको हो ।

सोमबार लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आयोजित विरोध कार्यक्रममा वक्ताहरुले वर्तमान संसदीय व्यवस्थालाई हटाउन पनि आन्दोलनमा जानुको विकल्प नरहेको दावी गरेका छन।

त्यसैगरी रुपन्देहीको सैनामैनाको मुर्गिया बजारमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले कोण सभा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन प्रेम सुवेदी र एकदेव पौडेल लगाएतले गर्नु भएको थियो भने सो कार्यक्रमको संचालन दल बहादुर छन्त्याल गर्नु भएको थियो ।

सम्बन्धित
Loading...