अफगानिस्तानका राष्ट्रपति अशरफले किन छोडे देश ?

0 346

अन्तर्राष्ट्रिय । अफगानिस्तानमा तालिबानले आफ्नो पकड बलियो बनाउँदै लगेपछि राष्ट्रपति अशरफ गनीले देश छोडेका छन ।

अफगानिस्तानका अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा यस्तो जनाइएको हो।

दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबानको नियन्त्रणमा पुगेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबावमा थिए।

अफगानिस्तानको सरकारले आफ्नो पकड कायम राख्न सङ्घर्ष गरिरहेका बेला तालिबान विद्रोहीहरू राजधानी काबुलमा पनि प्रवेश गरेका छन्।क्षेत्रीय राजधानीहरू सहजै ढलिरहेका छन्।

तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला अफगानस्तानका उपराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ।

सम्बन्धित
Loading...