क्रान्तिकारी पत्रकार महासंघको विशेष राष्ट्रिय भेला सम्पन्न 

0 350

बर्दघाट ।  क्रान्तिकारी पत्रकार महासंघको विशेष भेला नवलपरासीको बर्दघाट ४ स्थित दाउन्ने पार्टी प्यालेसको हलमा आइतबार  सम्पन्न भएको छ । संगठन विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत महासंघको आगामी नियमित सम्मेलन भव्य रुपमा सम्पन्न गर्नका लागि सम्मेलन आयोजक समिति निर्माण र कामका बाँडफाँडका लगि यो विशेष भेलाको आयोजना गरिएको हो ।

आजको यस कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी)का पिबिएम प्रेम सुवेदी, नेकपा (क्रान्तिकारी माअोवादी) पार्टीका पिबिएम तथा लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपाने र नेकपा (क्रान्तिकारी माअोवादी) पार्टीका केन्द्रीय सदस्य एवं क्रान्तिकारी पत्रकार महासंघका सल्लाहकार समिति संयोजक हिरामणी दुखिले सम्बोधन गर्नुभएको थियो ।

विशेष भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी)का पिबिएम प्रेम सुवेदीले आजको राष्ट्रिय भेलाले एउटा सबल तथा दूरदर्शी नेतृत्व टिमको हैसियतले आगामी सम्मेलन भव्य रुपमा सफल पार्न सरल, वैज्ञानिक एवम् परिणाममुखी कार्यक्रमहरु अघि बढाओस् भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता इन्द्र रावतले गर्नुभएको थियो । सो कार्यक्रममा स्वागत मन्तव्य क्रान्तिकारी पत्रकार महासंघका उपाध्यक्ष नारायण पंगेनीले राख्नु भएको थियो । साथै, कार्यक्रमको संचालन  क्रान्तिकारी पत्रकार महासंघका महासचिव राम कुमार श्रेष्ठले गर्नुभएको थियो ।

सम्बन्धित
Loading...