क्रान्तिकारी युवा संगठन नेपाल बाँकेको जिल्ला भेला भव्य रुपमा सम्पन्न

0 248

 नेपालगञ्ज । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको भातृ संगठन क्रान्तिकारी युवा संगठन , नेपालको प्रथम एकता भेला बैठक सम्पन्न भएको छ । सम्पन्न भेलाले रामु चौधरीको संयोजकत्वमा २५ सदस्यीय जिल्ला संगठन समिति समेत गठन गरेको छ ।

भेलाको प्रमुख आतिथ्यता पार्टी केन्द्रीय सचिवालय सदस्य तथा ६ नं. प्रदेश संयोजक क. संगमले सम्बोधन गर्दै उनले देश दिन प्रतिदिन कम्जोर हुँदै जानुको मुख्य कारण दलाल संसदीय व्यवस्थाले गरेको लुटखसोट र भ्रष्टाचार ललिता निवास प्रकरण सुन काण्ड, टि स्टेट, टिकापुर नगर विकासमा भएको जग्गा काण्ड, विभिन्न राष्ट्रघाति सन्धि सम्झौता, नेपालका प्रकृतिक सम्पदाहरुमा विदेशिहरुको हालिमुहालि र विक्रि वितरण जस्ता कु–क्रर्महरुका कारण उदारवादी लोकतान्त्रिक गणतन्त्र आफै समाप्त भै सकेको छ र देश कमजोर बनेको छ भन्नेमा जोड दिए ।

उनले अब यसको एउटै मात्र विकल्प नयाँ जनवादी हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ स–सक्त जनविद्रोह वा तेस्रो जनआन्दोलन गर्नु पर्ने वताए । पार्टीले लिएको कार्यक्रमलाई जनताको घरघर सम्म लौजान सवै नेता कार्यक्रर्तालाई सचेत पार्दै मिसन २०८३ शिक्षालाई पुर्ण सामुदायिक र नि–शुल्क गर्नुपर्ने बताउनु भयो।

अतिथिहरु पार्टी के.स. तथा बाँके संयोजक विशाल खाँ, पार्टी केन्द्रीय सदस्य कृष्ण शाह,त्यसैगरी जिल्ला कमिटी सदस्य हरिकृष्ण न्यौपाने, प्रेम थापा, प्रमोद , तिलक गिरि, दीपेन्द्र घर्ती, फ्रेरेम चौधरी लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियोे।

प्यानल वाचन प्रस्तुत क्रान्तिकारी युवा संगठन नेपालका के.स. तथा ६ नं. प्रदेश संयोजक क. प्रकाश शर्मा लगायत जिल्लामा रहेका सबै नेता कार्यक्रर्ताको उपस्थिति रहेको थियो । त्यसै गरि कार्यक्रम सञ्चालन अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा बाँके जिल्ला सह-संयोजक क. तपेन्द्र न्यौपानेले गर्नुभएको थियो ।

You might also like
Loading...