स्वाधीनता – कविता
• प्रभात
साम्राज्य दमन बर्बर छ यहाँ,
कस्तो हो यो स्वाधीनता?
श्रमको मूल्य हराउँदै गयो,
कहाँ छ साँचो स्वतन्त्रता?
मालिकको अघि लम्पसार पर्ने,
के यही हो हाम्रो गन्तव्य ?
गरिँदैन जब राष्ट्रिय मुक्ति,
कसरी आउँछ स्वतन्त्रता ?
धर्तीले बोल्छ श्रमिकको स्वरमा,
उठ्दैछन् अब मुक्ति क्रान्ति ।
साँचो मुक्ति आउँनेछ तब,
जब फैलिनेछ श्रमिकको सत्ता ।
लडाइँ हाम्रो जारी छ यहाँ,
जित पनि पक्का छ ।
आउँदैछ अब स्वतन्त्रता,
उदाउँदैछ नयाँ बिहान ।
देशले बलिदान मागेको बेला,
संकल्प गरौं बलिदान दिन,
स्वतन्त्र बनाऔं यो भूमि हाम्रो,
यही छ साँचो स्वाधीनता ।