गन्तव्य

0 19

✍️• अमोघ
भन म के गरूँ?
दिप प्रज्वलित गरूँ कि
डढेलो नै सल्काऊँ?
अँध्यारोमै खोजूँ प्रकाश
आँखामा नअटाएको साहसले ।

म पर्खेर बस्दिनँ
विद्रोहको ज्वाला उठिसकेको छ
पर्खालहरू भत्काउन
मेरो यात्रा अब रोकिन्न
समय गतिमा बगिरहेछ
तर ज्वालामुखी फुट्न आतुर छ ।

संघर्षका लहरहरू
तुफानझैँ अघि बढ्दैछन्
अब विषालु झारहरू
आगोको धुवाँमा विलीन हुँदैछन्
उखेल्ने समय यही हो
अब चुप लागेर बस्न सक्दिनँ ।

यो आगो निभ्दैन
झन्-झन् प्रज्वलित हुँदैछ
झारपातहरु खरानी बनाउनेछ,
सबै एकाकार भएर उठाैं
अब गन्तव्यतिर अघि बढाैं !

सम्बन्धित
Loading...