सैनिक विस्फोटले घर गुमाएका पीडित भन्छन् : छ बर्ष बित्यो, न्याय पाइएन

0 42

गोरखा । नेपाली सेनाले सडक निर्माणका क्रममा गरेको बिस्फोटबाट घर र होटल ध्वस्त भएपछि सडकमा पुगेका एकजना पीडित छ बर्ष बितिसक्दा पनि न्याय नपाएको भन्दै आज माइतीघरको सडकमा एक्लै धर्ना बसेका छन ।

गोरखा जिल्लाको बारपाक-२ सुलिकोटका ६६ वर्षीय तेल बहादुर घले क्षेतिपूर्ति माग गर्दै आज माइतीघर मण्डलामा धर्ना दिएका हुन् । उक्त धर्ना कार्यक्रममा घलेले घटनास्थल र क्षतिग्रस्त घरको फोटोसमेत प्रदर्शन गरेका थिए।

मिति २०७५ साल असोज १४ गते सेनाले सडक बनाउने क्रममा बिस्फोट गर्दा घलेको घर र होटेल पूर्णरुपमा क्षती भएको थियो । त्यसपछि सरकारले पटक-पटक गरि ३ वर्षमा १२ लाख रुपैया दिएकोमा आफ्नो ऋण चुक्ता नभएको र कानुनी उपचारमा जान खोज्दा सेनाले रोकेको घलेले आरोप लगाएका छन । साथै आर्मि मेजर निशान्त पण्डित र बिनोद भट्टले करोडौं रुपैयाँ भ्रष्टाचार गरेको उहाँको भनाइ रहेको छ ।

सम्बन्धित
Loading...