बर्दियामा आन्तरिक पर्यटनको मोह

0 69

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका दर्जन भन्दा बढी पर्यटकीय स्थानले आन्तरिक पर्यटक लोभ्याइरहेका छन् ।

ठाकुरद्वारामा गोही प्रजनन केन्द्र छ । हात्ती सफारीको उचित प्रबन्ध छ । जंगल सफारी, थारू गाउँ, थारू संग्रहालय, होमस्टे सञ्चालनमा छन् । कर्णाली र बबई नदीमा र्‍याफटिङको छुट्टै मजा छ । त्यसैले पछिल्लो समय पर्यटकको संख्या उल्लेख्य बढेको छ ।

आन्तरिक पर्यटक आउने क्रम जारी छ । त्यसैगरी होली पर्वको अवसर पारी बुटवलबाट बर्दिया घुम्न आएका युवा तथा व्यवसायीहरुले यो स्थान प्राकृतिक दृष्टिकोणले निकै उत्कृष्ट रहेको बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली नदि, पाटे बाघ र यहाँको प्रकृति एवं संस्कृतिको अवलोकन गर्न यी स्थानहरु उनीहरुको रोजाइमा परेको बताए ।

सम्बन्धित
Loading...