राजावादीहरुको आतंकपछि तनावग्रस्त:  मन्त्रीपरिषदको आकस्मिक बैठक बस्दै 

0 28

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राजावादीहरुको आतंकपछि तनावग्रस्त स्थिति पछि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

राजावादीले आयोजना गरेको शुक्रबारको जूलूस प्रदर्शन हिंसात्मक बन्दै गएको संवेदनशील परिस्थितिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाइएको बुझिएको छ । तीनकुनेलाई केन्द्र बनाएर प्रदर्शन र सभा गर्ने तयारीमा रहेका राजावदीहरूको प्रहरीसँग झडप भएपछि हिंसा फैलिएको हो ।

शुक्रबार राजावादीहरुको विरोधसभा हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ । अब मन्त्रीपरिषदले कस्तो कदम चाल्ने हो भन्ने जन चासोको बिषय बनेको छ ।

सम्बन्धित
Loading...