गृह मन्त्रालयको निष्कर्ष: तिनकुने घटनाको जिम्मेवार दुर्गा प्रसाई

0 22

काठमाडौं । गृह मन्त्रालयले तिनकुने घटनाको सम्पूर्ण जिम्मेवारी दुर्गा प्रसाईले लिनुपर्ने निष्कर्ष निकालेको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले आन्दोलनको नेतृत्व प्रसाईले गरेका कारण उनी नै मूलभूत रूपमा घटनाका लागि जिम्मेवार हुनुपर्ने बताएका छन् ।

शाही शासन पुनर्स्थापनाको मागसहित शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा तोडफोड, आगजनी, लुटपाट र हिंसात्मक गतिविधि भएका थिए । मन्त्रालयका अनुसार आन्दोलनकारीले अराजकता मच्चाएको र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याएको निष्कर्ष निकालिएको छ ।

मन्त्रालयले प्रदर्शनका क्रममा भएको सम्पूर्ण क्षतिको जिम्मेवारी आयोजकका तर्फबाट प्रसाईले लिनुपर्ने स्पष्ट पारेको छ ।

सम्बन्धित
Loading...