मुख्य योजनाकार शाहलाई पक्राउ गरिएन, राणा र मिश्र पक्राउ, प्रसाईं र शाही फरार
काठमाडौं । हिजो काठमाडौंको तिनकुनेमा घटेको हिंसात्मक घटना योजनाबद्ध रुपमा घटाइएको कुरा बाहिरिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा बसेको गोप्य बैठकबाट तिनकुने घटनाको डिजाइन गरिएको कुरा विशेष सूत्रमार्फत जानकारी प्राप्त भएको छ ।
शुक्राबार राजावादीलेहरुले शान्तिपूर्ण प्रदर्शन गर्ने भनेर सर्वसाधारणलाई प्रदर्शनमा संलग्न गराएका थिए । आन्दोलन भने हिसात्मक बनाइएको थियो । उक्त अराजक आन्दोलनमा एक पत्रकारसहित ४ जनाको मृत्यु भइसकेको छ भने दर्जन बढी प्रहरी र प्रदर्शनकारी घाइते भएका छ्न । प्रदर्शनकारीहरुले विभिन्न स्थानमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी समेत गरेका थिए ।
तर, घटनाका मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भने पक्राउ गरिएको छैन । यस घटनाको सम्पूर्ण दृष्टिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार बनाउनुपर्ने देखिन्छ । मुख्य योजनाकारलाई छुट दिने कुराले गलत तत्वलाई प्रोत्साहित गर्न खोजेको आभास भएको कुरा विश्लेषकहरुले बताएका छ्न ।
यसरी धवलशम्शेर राणा र रविन्द्र मिश्र पक्राउ परेका छ्न । घटनाका मुख्य योजनाकारहरु मध्येका दुर्गा प्रसाईं र ज्ञानेन्द्र शाही लगायत पात्रहरु भने फरार भएका छ्न ।