अर्जुनधारामा वडा स्तरीय T20 क्रिकेट प्रतियोगिता सुरु: स्थानीय खेलाडीलाई हौसला प्रदान गर्न आग्रह
झापा, । अर्जुनधारा नगरपालिकामा क्रिकेट खेलको पहुँचलाई व्यापक बनाउँदै एक सक्षम र सबल क्रिकेट टिम निर्माण गर्ने उद्देश्यले वडा स्तरीय T20 क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिता यही २०८१चैत २० गते देखि अर्जुनधारा-७ स्थित रंगशालामा सुरु हुने भएको छ ।
नगर खेलकुद विकास समितिको अध्यक्ष सुरेन्द्र धिमालले यस प्रतियोगिताले स्थानिय स्तरमा क्रिकेट खेलाडीहरूलाई उदीयमान बनाउने मात्र नभई खेलकुदको माध्यमबाट नगरको पहिचानलाई पनि नयाँ उचाइ दिनेछ भन्ने अपेक्षा राखेका छ्न ।
प्रतियोगितामा नगरका विभिन्न वडाका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । आयोजक समितिले सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई रंगशालामा उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न विशेष अनुरोध गरेको छ ।
क्रिकेटप्रेमीहरूका लागि यो प्रतियोगिता स्थानीय प्रतिभा पहिचान गर्ने अवसर मात्रै नभई नगरको खेलकुद विकासमा टेवा पुर्याउने महत्वपूर्ण कदम हुनेछ ।