प्रतिगामी बतास र यथास्थितिको जालो: अब देश कुन बाटो ?

0 13

काठमाडौं । मुलुक फेरि इतिहासको निर्णायक मोडमा छ । विगत केही समयदेखि पुनर्स्थापनाका नाममा पुरानै शक्तिहरू पुनरागमन गर्न खोजिरहेका छन् । साथै यथास्थितिवादीहरू संसदीय यथास्थितिको निरन्तरता दिन चाहन्छ । जनताको चाहना भने आमूल परिवर्तनसहित सामाजिक रूपान्तरण भए पनि सत्ताको खेल पुरानै घेरामा अल्झिएको देखिन्छ ।

राजनीतिक अस्थिरता, आर्थिक संकट र साम्राज्यवादी हस्तक्षेपले देशलाई अनिश्चितताको भुमरीमा धकेल्दैछ । जनसाधारणमा अब देश रहन्छ कि रहँदैन भन्ने गहिरो चिन्ता व्याप्त छ ।

तर, परिवर्तनको पक्षधरहरू चुप लागेर बसेका छैनन् । उनीहरू सङ्घर्षरत छन्, तर प्रश्न उठ्छ कि उनीहरूका रणनीतिहरु कति प्रभावकारी हुन सक्छन् ? उनीहरु जनता एकताबद्ध हुन कति सम्भव छ? इतिहासले फेरि एक निर्णायक मोड लिइरहेको छ, जहाँ मुलुकको भविष्य केवल शब्दहरूको युद्धले होइन, अपितु ठोस कार्यदिशा र निर्णायक कदमले नै निर्धारण गर्नेछ ।

अबको संघर्ष केवल स्वार्थ समूहमा होइन, यो देशको अस्तित्व र स्वतन्त्रताको लडाइँमा बदलिनेछ । परिवर्तनका पक्षधर शक्तिहरू के साँच्चै यस ऐतिहासिक कार्यभारलाई उठाउन सक्लान्? कि पुनर्स्थापनाको आँधीले फेरि समाजलाई पुरानै जन्जिरमा बाँध्नेछ?
यसको उत्तर आउँदै गरेको समयले दिनेछ ।

सम्बन्धित
Loading...