काठमाडौं महानगरमा पुनः गुरागाईं फर्किए, प्रशासनिक हलचलको नयाँ चुनौती
काठमाडौं । २१ चैत्र – करिब तीन महिनादेखि प्रशासनिक नेतृत्वविहीन बनेको काठमाडौं महानगरपालिकामा पुनः सरोज गुरागाईंलाई प्रमुख प्रशासकीय अधिकृतको पदमा फर्केका छ्न । उनको पुनरागमनले नगरभित्र उत्सुकता, अपेक्षा र विवादको नयाँ तरंग ल्याएको छ ।
गुरागाईंको विगत नेतृत्वकाल भ्यू टावरको नक्सा विवादले ढाकिएको थियो । जसले उनलाई आलोचनाको केन्द्रमा पुर्यायो । तर, यस पटक उनी विवादकै बीचबाट विगतबाट पाठ सिक्दै पारदर्शिता, सुशासन र नागरिक हितलाई प्राथमिकता दिने जिकिर सहित एकतर्फी रुपमा जिम्मेवारीमा फर्किएका छन् ।
गुरागाईंको पुनरागमनसँगै महानगरभित्र प्रशासनिक हलचल तीव्र बनेको छ । कतिपयले यो निर्णयलाई अघिल्लो गल्तीको पुनरावृत्ति भन्दै आलोचना गरिरहेका छन् भने उनका समर्थकहरू अनुभवको पुनः प्रयोगका रूपमा हेरिरहेका छन् । प्रमुख प्रशासकीय प्रमुखसँग जनपथ खबरले प्रत्यक्ष संवादको प्रयासगर्दा विफल नभए पश्चात् सोही कार्यालयका प्रवक्ता नवीन मानन्धरसित संवाद भएको थियो । उनले निर्दोष रहेको र कार्यालयमा आवश्यकता भएकोले पुनः फर्किएको बताए ।