बैंककमा दक्षिण एशियाली नेताहरूको जमघट, मोदी–ओली भेटले सम्बन्धमा नयाँ तरंग

0 9

काठमाडौं/बैंकक– थाइल्याण्डको राजधानी बैंककमा हालै सम्पन्न भएको दक्षिण एशियाली शिखर सम्मेलनमा क्षेत्रका नेताहरूको भेला मात्र नभई कूटनीतिक संकेतहरूले पनि चर्चा पाएको छ ।

विशेषगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको अनौपचारिक भेट कुनै नयाँ त होइन, पुरानोकै निरन्तरता हो । तर, कुटनैतिक सम्बन्धमा निरन्तरता वा क्रमभंग भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ । यद्यपि यसले यतिबेलाको भूराजनीतिक जटिलताको स्थितिमा नेपाल–भारत सम्बन्धमा नयाँ तरंग पैदा गरेको छ ।

भेटमा व्यापार असन्तुलन, ऊर्जा सहकार्य र सीमा व्यवस्थापन लगायतका मुद्दामा विचार विमर्श भएको संकेत स्रोतहरूले दिएका छन् । ओली र मोदीबीचको संवादलाई विश्लेषकहरूले सन्देशमूलक कूटनीतिक पहलको रूपमा लिएका छन् ।

दक्षिण एशियामा बदलिंदो शक्ति सन्तुलनको सन्दर्भमा बैंककमा देखिएको यो सहमतिको मुस्कान भविष्यका ठूला निर्णयको संकेत बन्नसक्ने आँकलन गरिएको छ ।

सम्बन्धित
Loading...