सुर्खेतमा केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

0 165
Oplus_131072

२५ चैत्र, सुर्खेत  । महिला लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रीय कार्यालय साँगा काभ्रेको आयोजनामा शाखा कार्यालय विरेन्द्रनगर सुर्खेतमा एक दिने केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम आज सम्पन्न भएको छ ।

साना तथा मझौला  कृषक महिलाहरुलाई  कर्जा र बचत सम्बन्धि व्यवसाय योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गर्ने उदेश्यले कार्यक्रम गरिएको हो ।

 

उक्त कार्यक्रममा  केन्द्र प्रमुख,उपप्रमुख लाई वित्तिय साक्षरता तालिम दिएको थियो । सो कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता,उत्कृष्ट केन्द्र प्रमुख,उपप्रमुख, उत्कृष्ट केन्द्रहरु लगायत ७ विधामा सहभागीलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । साथै ६ जनालाई मायाको चिनो प्रदान गरिएको थियो ।

 

केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रमको पानसमा बत्ती बालेर विरेन्द्रनगर नगरपालिका वडा नं. ३ का अध्यक्ष विनोद सिंह बिष्ट र संस्थाका कर्णाली  प्रदेश  प्रमुख प्रकाश बहादुर चन्दले उदघाटन गर्नुभएको थियो ।

संस्थाका कर्णाली  प्रदेश  प्रमुख प्रकाश बहादुर चन्दले समग्र महिला लघुवित्तको हालको अवस्था बारे जानकारी र संस्थाले महिलालाई स्वरोजगार, उद्यमशिलतामा आत्मनिर्भर बन्न सहयोग पुर्याएको र वित्तीय संस्थाबाट कर्जा प्रयोग गर्दा हुने फाइदाबारे भिडियो सामाग्री देखाउदै प्रष्ट पार्नुभएको थियो ।

साथै, विरेन्द्रनगर नगरपालिका वडा नं. ३ का अध्यक्ष विनोद सिंह बिष्टले  कर्जाको सदुपयोग कसरी गर्ने ,सफल ब्यबसायी कसरी बन्ने ,र बचत गर्दा हुने फाईदा र धेरै संस्थाबाट कर्जा कारोबार गर्दा ग्राहक सदस्यलाई पर्ने नकारात्मक असर सम्बन्धमा आफ्नो धारणा राख्नुभएको थियो ।

 

उक्त कार्यक्रममा शाखा प्रमुख शेरबहादुर सिंहले  स्वागत मन्तव्य र कर्जाको सदुपयोगबाट हुने फाइदा एवं दुरुपयोगबाट हुने बेफाइदाबारे चर्चा गर्नुभएको थियो । त्यसैगरी  बचत गर्दा भविष्यमा हुने फाइदाबारे जानकारी दिनुभएको थियो ।

कार्यक्रमको संचालन सरिता शाहीले गर्नुभएको थियो । सो कार्यक्रममा १२४ जना सदस्यको सहभागीता रहेको थियो । उक्त कार्यक्रमको सभापति केन्द्र नम्बर १३० कि  पदमा पुन मगर रहनुभएको थियो, भने  सफलताको कथा केन्द्र नम्बर १०४  कि चरित्रा रोकाय  र ११५ कि अनुजा बलामी मगरले सुनाउनु भएको थियो ।

उक्त कार्यक्रममा  विरेन्द्रनगर नगरपालिका वडा नं. ३ का अध्यक्ष विनोद सिंह बिष्ट, संस्थाका कर्णाली  प्रदेश  प्रमुख प्रकाश बहादुर चन्द,  इलाका प्रहरी कार्यालय सुर्खेत  बाट प्रहरी सहायक निरीक्षक होविन्द्र रावल,शाखा कार्यालय चामुण्डाका प्रमुख विवेक कुमार  सिंह , शाखा कार्यालय गुराँस  का प्रमुख जिवराज विष्ट , शाखा कार्यालय विरेन्द्रनगरका प्रमुख शेरबहादुर सिंह  र सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।

सम्बन्धित
Loading...