कोहलपुर चोक बन्द गर्ने प्रयास: राजावादी आन्दोलन र सुरक्षा चुनौती

0 15

चैत, २६ बाँके ।  चैत्र १५ , काठमाडौंको तिनकुने घटनाका अभियुक्त धवलशम्शेर राणालगायतका व्यक्तिहरू थुनामा राखिएपछि उनका समर्थकहरूले उनीहरूको रिहाईको लागि आज पश्चिमी नेपालका कोहलपुर चोकलाई बन्द गर्ने प्रयास गरेका थिए ।

उक्त प्रयासले स्थानीय प्रशासन र सुरक्षा बलको ध्यान आकर्षित गरेको छ । उक्त स्थितिको नियन्त्रण गर्न विभिन्न रणनीतिहरू अपनाउँदै छ । कोहलपुर चोक बन्द गर्ने प्रयासले भने यातायात र व्यापारिक गतिविधिमा अवरोध गर्न भने सकेन । यसरी उक्त राजावादीहरुको कोहलपुर चोक बन्दको कुनै प्रभाव छैन । तर, पनि सामान्यतया क्षेत्रीय शान्ति र स्थिरतामा भने चुनौती खडा गरेको कुरा स्थानीयहरु बताउँछन् ।

यस घटनाले केही त्रासको स्थिति सिर्जना गरेको छ । यद्यपि भविष्यमा यसले कस्तो रुप लिने हो भन्न सकिने स्थिति छैन । यदि समयमै ध्यान नदिए खतरा निम्त्याउन सक्छ भन्ने जन आशंकाहरु व्याप्त छ्न ।

सम्बन्धित
Loading...