गणतन्त्र र राष्ट्रियताको रक्षा तथा संघीयता खारेजको मागसहित जनमोर्चाले गर्यो प्रदर्शन
काठमाडौं । चैत्र,२७ —राष्ट्रिय जनमोर्चाले आज काठमाडौंमा गणतन्त्र, राष्ट्रियता र एकात्मक राज्य संरचनाको पक्षमा प्रदर्शन गरेको छ । देशको पछिल्लो राजनीतिक प्रवृत्ति र राजावादी चलखेलको विरुद्धमा आयोजित यो प्रदर्शनले संघीयता खारेजको मागलाई समेत बलियो स्वरमा उठाएको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले संघीयता मुलुकको एकता र आर्थिक सम्भावनामाथिको आक्रमण भएको दाबी गरेका छ्न । यसरी संघीयता विदेशी शक्तिहरूको परियोजना भएको हुँदा उनीहरूले संविधान संशोधन गरी संघीय ढाँचा खारेज गरी एकात्मक राज्य प्रणाली पुनःस्थापनाको मागसमेत अघि सारे ।
राष्ट्रिय जनमोर्चाका वरिष्ठ नेताहरूले सभालाई सम्बोधन गर्दै राजतन्त्र पुनर्स्थापनाको प्रयास र संघीयता कायम राख्ने सत्तारूढ दलहरूको रणनीति दुवै देशविरोधी रहेको टिप्पणी गरे । उनीहरूले वर्तमान व्यवस्थाले जनताको आत्मनिर्णयको अधिकार कुण्ठित गरेको र सशक्त राष्ट्रिय विकल्पको खाँचो रहेको बताए ।
राजनीतिक विश्लेषकहरू भने राष्ट्रिय जनमोर्चाले उठाएको संघीयता खारेजको मुद्दा केही वर्षदेखि सुनिँदै आए पनि अहिलेको राजनीतिक अस्थिरता र सत्ताको संकटबीच एउटा रहस्यमय विषय बनेको बताउछन् । यो स्थितिमा यसले कस्तो प्रभाव पार्छ ? भन्ने प्रश्न समेत उठाएका छ्न ।
राष्ट्रिय जनमोर्चाले आगामी दिनमा देशव्यापी जनजागरण अभियान सञ्चालन गर्ने घोषणा गर्दै आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । यसरी आज काठमाडौंका मुख्य स्थानहरुमा गरिएको प्रदर्शनपछि भृकुटीमण्डपमा पुगेर विरोध सभामा परिणत भइ कार्यक्रम सम्पन्न भएको छ ।