रवि लामिछानेमाथिको प्रहरी व्यवहारबारे रास्वपाको गुनासो, मानव अधिकार आयोगमा पुग्यो मुद्दा

0 10

चैत, २७ –काठमाडौं । पार्टी अध्यक्ष रवि लामिछानेलाई पक्राउ गर्ने क्रममा प्रहरीबाट गरिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार मानव अधिकार आयोगमा औपचारिक उजुरी दर्ता गरेको छ ।

रास्वपाले उजुरीमार्फत प्रहरीलाई गैरकानुनी रूपमा घरमा छिर्दै बिना अनुमति सयनकक्षमै प्रवेश गरी धरपकड गरेको, शारीरिक र मानसिक रूपमा दुव्र्यवहार गरिएको आरोप लगाएको छ । पार्टीको तर्फबाट उजुरी दर्ता गर्दै घटनालाई लोकतान्त्रिक अभ्यास र मानव अधिकारको गम्भीर उल्लंघनका रूपमा व्याख्या गरिएको छ ।

यो केवल व्यक्तिको अपमान मात्र होइन, राज्य संयन्त्रद्वारा आम नागरिकको स्वतन्त्रतामाथि गरिएको खुला हस्तक्षेप हो, उजुरी दर्तापछि रास्वपाका एक नेताले भने । मानव अधिकार आयोगले उजुरी प्राप्त भएको पुष्टि गर्दै प्रारम्भिक अध्ययनपछि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने जनाएको छ ।

यसैबीच राजनीतिक वृत्तमा घटनाले नयाँ तरंग ल्याएको छ । सरकार पक्षले भने प्रहरी कारबाहीलाई कानुनी प्रक्रियाअनुसारको कदम भन्दै बचाउ गरेको छ ।

सम्बन्धित
Loading...