ठाकुरबाबा अस्पतालमा सेवा अवरुद्ध : एक्स–रे गर्न बिरामीलाई भोलि आउन सुझाव
बर्दिया । बैशाख, २७ — बर्दियाको ठाकुरबाबा अस्पतालमा एक गम्भीर बिरामीलाई एम्बुलेन्समार्फत ल्याइए पनि तत्काल आवश्यक ‘भिडियो एक्स–रे’ सेवा लिन नपाउने अवस्था देखिएको छ । अस्पतालमा भिडियो एक्स–रे गर्ने जिम्मेवारीमा रहेका स्वास्थ्यकर्मी नेपालगन्ज गएको कारण सेवा अस्थायी रूपमा बन्द भएको जनाइएको छ ।
बिरामीका आफन्तका अनुसार अस्पताल प्रशासनले एक्स–रे सम्भव नभएको बताउँदै भोलि मात्र सेवा उपलब्ध हुने जानकारी गराइयो । हामीले बिरामीलाई एम्बुलेन्समा ल्यायौं, तर अहिले एक्स–रे हुँदैन भनेर फर्काइयो । भनियो भोलि आउनु,एक आफन्तको भनाइ छ ।
अस्पताल प्रशासनले पनि यो समस्या अस्थायी भएको र भोलिसम्म सेवा पुनःसञ्चालन हुने जनाएको छ । तर, आकस्मिक अवस्थामा बिरामीले अत्यावश्यक सेवा नपाउनु गम्भीर प्रश्नको विषय बनेको छ ।
स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भए पनि यस्ता लापरवाही घटनाले राज्यको सेवा वितरण क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ । स्थानीय बासिन्दाहरूले अस्पताल प्रशासनको लापरवाही र राज्यको उपेक्षामाथि आक्रोश व्यक्त गरेका छन् ।