साइबर ठगीको चेतावनी: फिसिङ लिंक र असामान्य बैंक गतिविधिबारे सतर्क रहन आग्रह
काठमाडौं । २८, चैत्र – पछिल्लो समय सामाजिक सञ्जाल र अनलाइन माध्यममा ठगी गर्ने एक नयाँ प्रकारको प्रयास देखा परेको छ । यसरी अनलाइन लोन भुक्तानी, सेयर मार्केट सम्बन्धी तालिम र बैंक खाता सुरक्षा नाममा फिसिङ लिंक पठाइरहेका छन् । यस्ता लिंकमार्फत आवश्यक सफ्टवेयर (*exe) फाइलहरू इन्स्टल गर्न अनुरोध गरिन्छ, जसले प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी गर्ने उद्देश्य राख्दछ ।
साथै, केही बैंकिंग वालेट प्रयोगकर्ताहरूका खातामा असामान्य गतिविधि देखिएकोले, “तपाईको खातामा अनियमित गतिविधि देखिएको छ । यसर्थ कृपया तलको लिंकमा क्लिक गरेर खाता प्रमाणित गर्नुहोस् । अन्यथा खाता अस्थायी रूपमा निलम्बन गरिनेछ, जस्ता चेतावनीसहितका SMS हरु पठाइएको देखिएको छ ।
साइबर ब्यूरोले नागरिकलाई यस्ता फिसिङ लिंकमा क्लिक नगर्न र आफ्नो व्यक्तिगत विवरण कसैसँग पनि सेयर नगर्न आग्रह गरेको छ । कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटप वा अन्य स्मार्ट उपकरणमा इन्स्टल नगर्न अत्यन्तै सचेत रहनुपर्ने चेतावनी जारी गरिएको छ ।
यस प्रकारको साइबर ठगीबाट जोगिन सबै नागरिकलाई सावधान रहन र अनलाइन सुरक्षाको मापदण्डहरूको पालन गर्न अपिल गरिएको छ ।