लुम्बिनी प्रदेशमा महिला लघुवित्तको केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
बर्दिया । महिला लघुवित्त वित्तिय संस्था लिमिटेड लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुमा केन्द्र प्रमुख कार्यशाला गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश अन्तर्गतका शाखा कार्यालयहरुमा यही चैत्र १८ गते देखि दाङको दुधराँस शाखाबाट शूरु भई यही चैत्र २९ गतेका दिन बर्दघाट पश्चिम नवलपरासीमा सो कार्यक्रम सम्पन्न भएको हो ।
साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी कर्जा र बचत सम्बन्धि व्यवसाय योजना, कर्जा सदुपयोगिता, वित्तीय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गर्ने उदेश्यले उक्त कार्यक्रम गरिएको संस्थाका लुम्बिनी प्रदेश प्रमुख तिलकदत्त पन्तले बताउनुभयो ।

उक्त कार्यक्रममा लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयबाट १२३० जना केन्द्र प्रमुख,उपप्रमुख लाई वित्तिय साक्षरता तालिम दिएको थियो र सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन र कर्मचारी लगायत १२८ जनाको सहभागीता रहेको थियो ।
उत्कृष्ट ऋणी, उत्कृष्ट बचत कर्ता,उत्कृष्ट केन्द्र प्रमुख,उपप्रमुख, उत्कृष्ट केन्द्रहरु लगायतका विभिन्न विधामा ११६ जनालाई सम्मान तथा प्रमाणपत्र, मायाको चिनो ७८ जनालाई र शाखा कार्यालय गुलरियाले प्रथम, दोस्रो, तेस्रो भएको केन्द्रलाई क्रमशः रू१०००,रू ८०० , रू५०० गरि जम्मा २३०० रूपैयाँ नगद पुरस्कार वितरण गरेको लुम्बिनी प्रदेश अन्तर्गत सुपरिवेक्षण तथा निरीक्षण कार्यालय नेपालगन्जका प्रमुख अम्मर बहादुर सिंहले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम मार्फत समग्र महिला लघुवित्तको हालको अवस्था बारे जानकारी , कर्जाको सदुपयोग कसरी गर्ने ,सफल ब्यबसायी कसरी बन्ने तथा धेरै संस्था बाट कर्जा कारोबार गर्दा ग्राहकलाई पर्ने नकारात्मक असर र बचत गर्दा भविष्यमा हुने फाईदाका बारेमा समेत सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो ।
संस्थाले महिलालाई स्वरोजगार, उद्यमशिलतामा आत्मनिर्भर बन्न सहयोग पुर्याएको र वित्तीय संस्थाबाट कर्जा प्रयोग गर्दा हुने फाइदाबारे भिडियो सामाग्री देखाउदै सहभागीलाई प्रष्ट पारेको थियो ।