क्यान्सरसँग पाँच वर्षदेखि लडिरहेकी नर्स अञ्जली श्रेष्ठले गरिन सहयोगको अपेक्षा
काठमाडौं । ३०, वैशाख – २७ वर्षीया नर्स अञ्जली श्रेष्ठ, जो विगत पाँच वर्षदेखि क्यान्सरजस्तो जटिल रोगसँग सतत संघर्ष गर्दै आइरहेकी छिन् । उनी जीवन र मृत्युको दोबाटोमा उभिएकी छिन् । आफैंले सयौँ बिरामीको सेवा गर्दै आएको नर्स अहिले स्वयं बिरामी बनिन् र उपचार खर्चका लागि जनताको साथको अपेक्षा गरिरहेकी छिन् ।
पाँच वर्षको अवधिमा उनले ५ पटक शल्यक्रिया र २६ पटक रेडियो थेरापी गराइसकेकी छिन् । तर दुर्भाग्यवश उनको क्यान्सर अझै निको भएको छैन । अहिले डाक्टरहरूले उनलाई तीन वर्ष वा त्योभन्दा बढी समयसम्म Dabrafenib र Trametinib नामक जीवनरक्षक औषधि सेवन गर्न सुझाव दिएका छन् । जसको मासिक खर्च मात्र झण्डै ६ लाख रुपैयाँ पर्छ । यो खर्च सामान्य परिवारका लागि सम्भव छैन ।
जीवनभर अरूको सेवा र उपचारमा समर्पित रहेकी अञ्जली अहिले भने आफैं उपचारका लागि हाम्रो साथको अपेक्षामा छिन् । जिन्दगीभर बिरामीको सेवा गरेँ, आज म आफैं एक बिरामी बनेकी छु, अञ्जलीअगाडि भन्छिन्, सस्तो उपचारको अभावमा जीवन बिनासम्म पुग्ने डर छ । तपाईंहरूको सानो सहयोगले पनि मलाई आशाको उज्यालो देखाउन सक्छ ।
सामाजिक सञ्जालहरूमा उनको सहयोगका लागि अभियान चलिरहेका छन् । सानो–सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने विश्वासका साथ अहिले धेरै मनहरू एकै ठाउँमा जुट्न थालेका छन् ।
यदि तपाईं पनि अञ्जलीको जीवन बचाउन मद्दत गर्न चाहनुहुन्छ भने, तपाईंको सहयोग अमूल्य हुनेछ।
हामी सबैको सानो साथ, अञ्जलीको ठूलो आशा भन्ने भावनाको आवश्यकता रहेको छ ।