सिक्ख धर्मावलम्बीको पर्व वैशाखीको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा
धनुषा । ३१,चैत्र– मधेश प्रदेश सरकारले सिक्ख धर्मावलम्बीको महत्वपूर्ण पर्व वैशाखी सिक्ख नववर्षको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेश प्रदेशबाट जारी सूचनामा उल्लेख भएअनुसार, २०७८ सालको विदा सम्बन्धी निर्णय अनुसार यस वर्षको वैशाख २ गते (मंगलबार) सिक्ख समुदायको पावन पर्व वैशाखीका अवसरमा सम्पूर्ण मधेश प्रदेशमा सार्वजनिक बिदा रहनेछ ।
सूचना शाखा अधिकृत विन्देश कुमार यादवले हस्ताक्षर गरेकाे सूचनामा यस बिदा सम्बन्धी जानकारी सम्पूर्ण सरोकारवालालाई जानकारीका लागि सार्वजनिक गरिएको उल्लेख छ ।
वैशाखी पर्व सिक्ख धर्मावलम्बीहरूले नयाँ वर्षको रूपमा मनाउने गर्दछन्, जुन उनीहरूको धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण दिन मानिन्छ ।