सीप, संघर्ष र सफलता: रामप्रताप रावतको प्रेरणादायी यात्रा

0 7
Oplus_131072

४, वैशाख, काठमाडौं । बबरमहलस्थित ‘लक्ष्मी मोटरसाइकल वर्कशप’ सामान्य नाम लागे पनि यसको पछाडि एक असामान्य संघर्ष र प्रेरणादायी कथा लुकेको छ । यो वर्कशपका सञ्चालक हुन् रामप्रताप रावत, जो विगत तीस वर्षदेखि यही पेशामा समर्पित छन् ।

साधारण पढाइ लेखाइ भएका रावतले पाँच वर्ष भारतमा मोटरसाइकल मर्मतको काम सिके। त्यसपछि नेपाल फर्केर राजधानी काठमाडौंमा आफैंले पसल सुरु गरे । सुरुमा स-साना काम गर्दै बढ्दै जाँदा अहिले उनले मासिक चार लाख रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् ।

सुरुमा निकै गाह्रो थियो, रावत सम्झन्छन्, तर मिहिनेत गर्‍यो भने केही न केही सम्भव हुन्छ भन्ने विश्वास कहिल्यै हराएन । उनको यही पेशाबाट कमाएको पैसाले उनले छोरालाई इन्जिनियरिङ पढाए । हाल उनका छोरा काठमाडौं महानगरपालिकामा जागीरे छन् ।

अब सन्तोष लाग्छ, उनी भन्छन्- काम सानो-ठूलो भन्ने हुँदैन, मन लगाएर गर्‍यो भने सफल भइन्छ । रामप्रताप रावतको जीवनले देखाउँछ- कुनै पनि सीप, जसलाई मेहनत र इमानदारीले भरिएको होस्, त्यो केवल जीविकाको साधन मात्रै होइन, प्रेरणा र परिवर्तनको बाटो बन्न सक्छ । उनका लागि ‘लक्ष्मी मोटरसाइकल वर्कशप’ केवल एउटा पसल होइन, जीवनको सम्पूर्ण यात्राको प्रतिबिम्ब हो ।

सम्बन्धित
Loading...