शिक्षक आन्दोलनमा जनसमर्थन चुलिँदै, प्रचण्डले सरकारको गरे कडा आलोचना
बैशाख ६, काठमाडाैं । शिक्षक आन्दोलनको लहर यतिबेला देशव्यापी बनेको छ । शिक्षाको स्तरीकरण, सुरक्षित रोजगारी र समुचित पारिश्रमिकको माग गर्दै देशभरिका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार समस्याको समाधान गर्नभन्दा शिक्षकहरूलाई ‘थर्काउने’ शैलीमा प्रस्तुत भइरहेको जनगुनासो चुलिँदो छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले एक कार्यक्रममा बोल्दै कडा स्वरममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने तपाईं त फेल हो! तपाईंको केबिनेट फेल! यसरी केबिनेटको कार्यसम्पादन मूल्यांकनमा तपाईका मन्त्रीहरूले कसैले १८/२१ प्रतिशत आएका छन ! तपाईको २८ प्रतिशत हो । अब किन ठूलो कुरा गर्नुहुन्छ? शिक्षिकलाई किन गाली गर्नु ? बरु प्रचण्डले अगाडि थप्दै भने अब त तपाईले राजीनामा दिए उपयुक्त हुन्छ ।
शिक्षकहरूको मागलाई सम्बोधन गर्न सरकारले चासो नदिएको भन्दै जनस्तरबाट आलोचना बढ्दो छ । आन्दोलनरत शिक्षकहरूको भनाइ छ हामी शिक्षालाई सेवाको भावनाले हेर्छौं, तर हाम्रो पेशाको सम्मान नभएसम्म राष्ट्र निर्माण सम्भव छैन ।
प्रधानमन्त्रीको यो उदासीनताले जनमानसमा निराशा फैलाएको छ । सरकार समस्या समाधानभन्दा आन्दोलन दबाउने रणनीतिमा लागेको देखिन्छ । जनसाधारण र बुद्धिजीवी वर्गसमेत शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन थालेका छन् ।
सरकारको नेतृत्वलाई लक्षित गर्दै जनताले प्रश्न गर्न थालेका छन्-तपाईंको के हो? शिक्षालाई अपमान गर्ने, आन्दोलनलाई अपमान गर्ने, जनतालाई अपमान गर्ने यो सरकार किन यति असंवेदनशील? यसबीच आन्दोलन चर्किंदै गएको छ र सरकार प्रतिकार गर्दैछ । अब प्रश्न उठ्छ के यो सरकार साँच्चै “फेल” भइसकेको हो?