शिक्षक आन्दोलनको १८औं दिन : माइतीघर–बानेश्वर सडक नाराले गुञ्जियो, लाखौंको सहभागिता
६ बैशाख,काठमाडौं । शिक्षक आन्दोलनको आज १८औं दिनमा प्रवेश गर्दा राजधानीको माइतीघर मण्डला र बानेश्वर सडकखण्ड एकपटक फेरि नाराले गुञ्जियो । शिक्षकहरू फेरि पनि हजारौंको संख्यामा सडकमा ओर्लिएर शिक्षा प्रणालीको व्यापारीकरण र निजामतीकरणविरुद्धको विरोधलाई झनै तीव्र बनाएका छन् ।
बिहानैदेखि सुरु भएको प्रदर्शन दिउँसो सम्ममा लाखौंको सहभागितामा परिणत भएको बताइएको छ । आन्दोलनकारीहरूले शिक्षा हाम्रो अधिकार हो । नाफा कमाउने व्यापार होइन, शिक्षकको आवाज राष्ट्रको आवाज जस्ता नाराहरू सहित जुलुस निकालेका थिए ।
बानेश्वर पुलदेखि माइतीघर मण्डलासम्मको सडकखण्ड पूर्ण रूपमा जाम भएको थियो। स्थानीय प्रशासनले ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ भोग्नुपर्यो । यद्यपि, आन्दोलन शान्तिपूर्ण तर प्रभावशाली देखिएको छ ।
आन्दोलनमा सहभागी शिक्षकहरूका अनुसार सरकारसँग भएका वार्ता निरर्थक साबित भएपछि आन्दोलन अझ व्यापक पारिएको हो । उनीहरू सरकारी विद्यालयलाई निजीकरणतर्फ धकेल्ने र शिक्षकको स्थायित्वमा प्रहार गर्ने नीतिको घोर विरोध गरिरहेका छन् ।
संघीय राजधानीको मुटु मानिने यो क्षेत्र दिनभर नाराजुलुस र प्रदर्शनले भरिएको छ । यस स्थितिमा पनि सरोकारवाल जिम्मेवार नबन्नु भनेको दु:खद छ । यसरी आन्दोलनकारीहरूले भनेका छन्, यदि सरकार गम्भीर नभए आन्दोलन अझ कडा रूप लिनेछ ।