कैलालीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, ३ जना घाइते
प्रहरीका अनुसार बुधबार दिउँसो से ५ प२६६० र सुपप्र०१०१२प८०७५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको हो ।
दुर्घटनामा जानकी गाउँपालिका–८ बस्ने से५प२५६० नम्बरको मोटरसाइकल चालक १९ वर्षीय राकेश परियारको सेवा नर्सिङ होम नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको र अर्का मोटरसाइकल चालक ४५ वर्षीय पुष्कर शाहीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार १३ वर्षीया प्रिन्सी शाही र १८ वर्षीय कमल रावलको अवस्था भने खतरामुक्त रहेको छ । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।