भारत–पाकिस्तानबीच वार्ताको तयारी, आक्रमण रोक्ने सहमति
२७ वैशाख, नयाँ दिल्ली । लामो समयदेखि जारी भारत–पाकिस्तानबीचको सैन्य तनावमा केही कमी आउने संकेत देखिएको छ । दुबै मुलुकबीच हाललाई स्थल र हवाई मार्गबाट आक्रमण नगर्ने सहमति भएको छ ।
सूचना अनुसार, दुबै देशबीच यही वैशाख ३० गते दिउँसो १२ बजे औपचारिक वार्ता हुने भएको छ । स्रोतका अनुसार यो वार्ताको उद्देश्य दुई देशबीचको तनाव कम गर्दै शान्तिपूर्ण समाधानको बाटो पहिल्याउने रहनेछ ।
यसअगाडि भारत र पाकिस्तानबीच सीमावर्ती क्षेत्रमा सैन्य कारबाही जारी थियो । दुबै पक्षले एक अर्कालाई आक्रमणको दोष लगाउँदै आएका थिए । तर पछिल्लो सहमतिले दुवै मुलुकबीच वार्ताको वातावरण बन्ने आशा गरिएको छ । क्षेत्रीय स्थायित्व र सुरक्षाको सन्दर्भमा यो सहमति महत्वपूर्ण कदम मानिएको छ ।