बर्दिया बार एशोसिएसनका नवनिर्वाचित पदाधिकारीलाई नगरप्रमुख यादवद्वारा स्वागत
४ जेष्ठ, बाँके । जिल्ला अदालत बर्दियाका लागि निर्वाचित बार एशोसिएसनका नयाँ नेतृत्वलाई गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले स्वागत तथा बधाई व्यक्त गरेका छन् ।
एक विशेष कार्यक्रमका बीच नगरप्रमुख यादवले लोकतान्त्रिक मूल्य र न्याय प्रणालीको सुदृढीकरणमा बार एशोसिएसनको भूमिका महत्वपूर्ण रहेको बताउँदै नव–निर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।
कार्यक्रममा उनले नगरपालिकाको तर्फबाट आवश्यक समन्वय र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता समेत जनाएका थिए । नव–निर्वाचित पदाधिकारीहरूले पनि न्याय क्षेत्रमा उत्तरदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका थिए ।
बार एशोसिएसन बर्दियाका नयाँ नेतृत्वलाई स्वागत गर्ने यो कार्यक्रम विधि, न्याय र सुशासनमा स्थानीय तह र कानुनी समुदायबीचको सहकार्यलाई अझ मजबुत पार्ने प्रयासका रूपमा हेरिए पनि आगामी संसदीय निर्वाचनमा बौद्धिक वर्गको प्रभुत्व हावी गराउने प्रयत्न हो भन्ने विश्लेषण रहेको छ ।