पत्रकार आचारसंहिता अभिमुखीकरणको ६१औं श्रृंखला सम्पन्न, २८ अनलाइन सञ्चारमाध्यमका प्रतिनिधिको सहभागिता

0 1
Oplus_0

४ जेठ, काठमाडौं । प्रेस काउन्सिल नेपालद्वारा सञ्चालित पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रमको ६१औं श्रृंखला आज सम्पन्न भएको छ । नयाँ अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्ने सञ्चालक र सम्पादकहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा मुलुकभरका २८ वटा अनलाइन सञ्चारमाध्यमका प्रतिनिधिहरुले भौतिक तथा भर्चुअल माध्यममार्फत सहभागिता जनाएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष नितु पण्डित र खबरहब डटकमका समाचार सम्पादक ज्ञानेन्द्र खड्काले विषय विज्ञका रूपमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । प्रशिक्षणका क्रममा पत्रकार आचारसंहिताको प्रयोग, समाचार लेखनमा पर्ने नैतिक दायित्व तथा सञ्चार क्षेत्रको वर्तमान चुनौतीहरुमाथि विशेष जोड दिइएको थियो ।

काठमाडौं उपत्यकास्थित सञ्चारमाध्यमका प्रतिनिधिहरु भौतिक रूपमा उपस्थित भएका थिए भने उपत्यका बाहिरका सञ्चारकर्मीहरू अनलाइन माध्यममार्फत सहभागी भएका थिए । कार्यक्रमले आचारसंहिताको पालना सुनिश्चित गर्न र नयाँ सञ्चारकर्मीहरुलाई जिम्मेवार पत्रकारितातर्फ अभिमुख गराउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएका छन् ।

साथै, प्रेस काउन्सिलले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित
Loading...