शोषणविरोधी आन्दोलनको नयाँ अध्याय : आर्थिक अन्यायविरुद्ध जनजागरण अभियानको घोषणासभा मसालसँगै उद्घाटन
जेठ ४, काठमाडौं । देशभरका पीडित जनसमुदायको बृहत उपस्थितिका बीच आर्थिक शोषण विरुद्धको जनजागरण अभियानको घोषणासभा भव्यताका साथ सम्पन्न भएको छ । किसान-मजदुर आन्दोलन नेपालका अध्यक्ष, महासचिव तथा प्रवक्ताले मसाल बाल्दै संयुक्त रूपमा उद्घाटन गर्नु यो आन्दोलनको प्रतीक बनेको छ ।
विभिन्न जिल्लाबाट आएका हजारौँ किसान-मजदुर, महिला तथा युवाहरुको उत्साहजनक सहभागिताले आन्दोलनले अब निर्णायक चरणतर्फ मोड लिएको स्पष्ट संकेत दिएको छ । यसरी घोषणासभामा सार्वजनिक निर्णयहरूका आधारमा यस आन्दोलनले अब लामो समयदेखि भइरहेकै आर्थिक शोषणको अन्त्यका लागि ठोस कदम चाल्ने निष्कर्ष निकालिएको छ ।
गत चार वर्षदेखि शोषणविरुद्धको रक्तरञ्जित झण्डा बोकेर सडकको अग्रपंक्तिमा निरन्तर उभिंदै आएका नेतृत्वपंक्तिप्रति जनसमर्थन झनै सुदृढ हुँदै गएको आन्दोलनकर्मीहरू बताउँछन् । न्यायमूलक समाज निर्माणका लागि निर्णायक अभियान देशको वर्तमान अवस्था, खासगरी मिटरब्याज, गैरकानुनी साँठगाँठ र साना किसान तथा मजदुरमाथिको संगठित आर्थिक शोषणले उत्पन्न गरेको संकटलाई अन्त्य गर्न आन्दोलनले ठोस कार्यक्रमसहितको जनकारबाही अगाडि बढाउने घोषणा गरेको छ ।
ऋणको पासोमा फस्न बाध्य जनता अनि त्यसकै दलदलमा हिंसा र आत्महत्याजस्ता पीडादायी घटनाहरूको बढ्दो क्रमले हामी अब चुप लाग्न सक्दैनौं उद्घोषमा भनिएको छ । राज्यको मौनता र निष्क्रियता प्रतिको आक्रोश पनि घोषणासभामा स्पष्ट देखियो । सहभागिहरूले राज्यको मौनताले जनताको विश्वास गुमेको भन्दै अब आमजनताले नै न्याय र परिवर्तनका लागि आवाज उठाउनुको विकल्प नभएको बताएका छन् ।
जनताको साथमा आन्दोलन अब विद्वत् वर्गको पनि समर्थन आवश्यक शोषित, पीडित र न्यायप्रेमी जनताको अभूतपूर्व सहभागिता मात्र होइन, आन्दोलनले अब शिक्षित, सचेत र विद्वत् वर्गलाई पनि अभियानमा जोडिन हार्दिक आह्वान गरेको छ ।
आर्थिक शोषणविरुद्धको यो अभियान केवल प्रतिकार होइन, न्याय, समानता र स्वाभिमानको आन्दोलन हो । समाजका सबै वर्ग, क्षेत्र, पेसा र पहिचानका नागरिकलाई संगठित गरेर न्यायमूलक समाज निर्माण गर्न अग्रसर यो आन्दोलन अब केवल विकल्प होइन र अपरिहार्यता बनिसकेको छ ।
अबको अभियान- न्यायका लागि जनसंगठित हस्तक्षेप गर्ने बताइएको छ । यस घोषणासभासँगै आर्थिक शोषणविरुद्धको संघर्ष अब जनसंगठित हस्तक्षेपमा रुपान्तरण हुँदै गएको छ । सङ्घर्ष अब निर्णायक बिन्दुमा छ – पीडितहरू एक भएर उठ्ने बेला यही हो भन्ने उद्घोषसँगै मसालजस्तो बलेको क्रान्तिक आह्वानले देशभर आशाको उज्यालो फैलाएको छ ।