टेरामक्स घोटालाः पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जनाविरुद्ध ३ अर्बभन्दा बढी बिगोको मुद्दा, अख्तियारको कदमले पूर्वाग्रही आरोपलाई दह्रो चुनौती

0 2
Oplus_0

५ जेठ, काठमाडौं । टेरामक्स घोटालामा संलग्न भएको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेतसहित १५ जना र सम्बन्धित कम्पनीविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विशेष अदालतमा बिहीबार दायर गरिएको उक्त मुद्दाले मुलुकमा पछिल्लो समय उठिरहेका ‘संवैधानिक निकायहरू राजनीतिक पूर्वाग्रहमा चलेका छन्’ भन्ने आरोपमाथि गम्भीर प्रश्न खडा गरेको छ । अख्तियारले सत्तारुढ दलका प्रभावशाली नेतामाथि अनुसन्धान अघि बढाएको यो पहिलो उच्च प्रोफाइल उदाहरण हो । जसले संवैधानिक अंगहरूको निष्पक्षता र विधिसम्मत कार्यशैलीप्रति विश्वास दिलाउने कोशिस गरेको देखिन्छ ।

अख्तियारले ठोस प्रमाण र अध्ययनको आधारमा मुद्दा दायर गरेको दाबी गर्दै यो कारवाही कुनै पनि राजनीतिक पूर्वाग्रहबाट मुक्त रहेको संकेत दिएको छ । अब मुद्दाको अन्तिम फैसला विशेष अदालतबाट हुने छ – जसले दोषी वा निर्दोष भन्ने निष्कर्षमा पुर्‍याउनेछ ।

यस मुद्दाले न्याय प्रणाली, भ्रष्टाचार विरुद्धको लडाइँ र संवैधानिक निकायहरूको विश्वसनीयता सम्बन्धी राष्ट्रिय बहसमा नयाँ मोड ल्याउने सम्भावना देखिएको छ । सत्ता पक्षका नेताविरुद्धै यस्तो कदम चालिँदा, अख्तियारको निष्पक्षताको परीक्षण मात्र होइन, सिंगो राजनीतिक प्रणालीको उत्तरदायित्वमाथि पनि जनताको चासो थपिएको छ ।

सम्बन्धित
Loading...