शिक्षक महासंघको चेतावनी : सहमति नसमेटिए सशक्त आन्दोलन गर्ने

0 0
Oplus_131072

६ जेठ, काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा विगतका नौ बुँदे सहमति नसमेटिए झन् ठूलो आन्दोलन गर्ने चेतावनी दिएको छ ।

यसरी शिक्षक महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ यदि शिक्षक–कर्मचारीमैत्री व्यवस्था नभए २०८१/८२ को भन्दा ठूलो आन्दोलन हुन्छ । जुनसुकै बेला आन्दोलन सुरु हुन सक्छ, तयारीमा रहनुस् भनेको छ ।

प्रतिनिधिसभाको उपसमितिले पेश गरेको विधेयक प्रतिवेदनले शिक्षकका माग सम्बोधन नगरेको भन्दै महासंघले कडा असन्तोष प्रकट गरेको हो । सरकारसँग वैशाख १७ मा भएको सहमति कार्यान्वयनमा हेलचक्र्य भए शिक्षालयहरू फेरि आन्दोलनको थलो बन्ने संकेत देखिएको छ ।

सम्बन्धित
Loading...