अमेरिकामा नयाँ भिसा प्रतिबन्ध नीति लागू, १२ राष्ट्रका नागरिकलाई पूर्ण रोक

अन्तर्राष्ट्रिय ब्यूरो,

0 6
Oplus_0

२६ असार, काठमाडौं । अमेरिकामा आजदेखि राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी नयाँ भिसा प्रतिबन्ध नीति कार्यान्वयनमा आएको छ । यसरी ट्रम्पले जुन ४ मा हस्ताक्षर गरेको कार्यकारी आदेशअनुसार अफगानिस्तान, इरान, सोमालिया, यमन, लिबिया, सुडान, हाइटी, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी र इरित्रिया सहितका १२ राष्ट्रका नागरिकमाथि अमेरिकी भिसा आवेदनमा पूर्ण प्रतिबन्ध लागु गरिएको हो ।

अमेरिकी सरकारका अनुसार यी राष्ट्रहरूबाट सम्भावित आतंकी गतिविधि र सुरक्षा जोखिमको आँकलन गर्दै यस्तो कडाइ गरिएको हो । ट्रम्प प्रशासनले भने यसअघि जारी भिसाहरू खारेज नहुने स्पष्ट पारेको छ ।

यसका अतिरिक्त बुरुन्डी, क्युबा, भेनेजुएला, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान लगायत केही अन्य राष्ट्रका नागरिकहरूलाई भने आंशिक रूपमा भिसा आवेदनमा रोक लगाइएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो आदेशलाई “देशको सुरक्षा सुनिश्चित गर्न लिइएको आवश्यक कदम” को रूपमा चित्रण गर्दै विदेशी आतंकवादी र अन्य खतराबाट अमेरिकालाई जोगाउनु सरकारको प्रमुख दायित्व भएको बताएका छन् । यस निर्णयपछि प्रभावित राष्ट्रहरूमा व्यापक असन्तोष र असन्तुलन तीव्र हुने अन्तर्राष्ट्रिय प्रतिक्रिया देखिने अनुमान गरिएको छ ।

यस अर्थमा अमेरिकी रणनीति कुनै पनि राष्ट्रको लागि सकारात्मक होइन, किन्तु आत्मसमीक्षा र आत्मनिर्भरतातर्फ उन्मुख हुने अवसर बन्न सक्छ । जहाँ विदेशी सहायता वा शरणमा होइन, आफ्नो श्रम, स्रोत र रणनीतिमा उभिने सम्भावना बन्न सक्छ ।

सम्बन्धित
Loading...