इजरायलद्वारा इरानमाथि आक्रमण : आणविक तनाव चरम, अब युद्धको खतरा बढ्दो

0 4
Oplus_0

अन्तर्राष्ट्रिय ।

३० जेठ, काठमाडौं । इजरायलले शुक्रबार बिहान इरानमाथि सैन्य हमला गर्दै इरानको आणविक कार्यक्रम र क्षेप्यास्त्र क्षमतालाई निशाना बनाएको स्रोतले जनाएको छ । यसरी तेहरानलगायतका विभिन्न शहरहरूमा विस्फोट भएको पुष्टि भएको छ भने देशभित्र संकटकालको घोषणा गरिएको छ ।

इजरायली रक्षा मन्त्री इजरायल काट्जले औपचारिक वक्तव्य जारी गर्दै देशमा संकटकाल लागू गरिएको जानकारी दिएका छन् । उनका अनुसार, हमलापछि इजरायली भूमिमा इरानबाट क्षेप्यास्त्र तथा ड्रोन हमला हुने तत्काल सम्भावना रहेको छ ।

इरानको सरकारी सञ्चार संस्था आईआरएनए र टेलिभिजन आईआरआईबीका अनुसार राजधानी तेहरानमा कम्तीमा ६ देखि ९ वटा विस्फोटहरू सुन्नमा आएका छन् । त्यसप्रकारका विस्फोटहरू भने शहरका विभिन्न भागहरूमा भएको जनाइएको छ ।

इजरायली सैन्य अधिकारीहरूले यो कारबाहीलाई सटीक र समन्वित हमला भनेका छन् । जसअन्तर्गत दर्जनौँ लक्ष्यहरूमा हमला गरिएको हो । हमला आणविक सुविधा, क्षेप्यास्त्र गोदाम तथा सैन्य आधारशिविरहरूमा केन्द्रित रहेको बताइएको छ ।

Oplus_0

इरानले राजधानी तेहरानको अन्तर्राष्ट्रिय विमानस्थलको हवाईमार्ग अस्थायी रूपमा बन्द गरिएको छ ।यस संवेदनशील परिस्थितिमा यात्रुहरूलाई वैकल्पिक व्यवस्था गर्न सुझाव दिएको छ । यसरी इजरायलले इरानमाथि निरन्तर हमलाहरु जारी राख्ने दावी गरे पश्चात् इरान पनि सतर्कता अपनाउनुपर्ने निष्कर्षमा पुगेको छ । साथै, सम्पूर्ण शक्ति प्रयोग गर्न तयार रहेको देखिन्छ । यस युद्धमा जुनसुकै रुपमा आएपनि अमेरिकीहरुको रणनीतिले प्रयोग भएको विश्लेषकहरु बताउँछन् ।

इरानमाथिको अमेरिकी रणनीतिको प्रमुख पक्ष भनेको त्यहाँको स्रोत र साधन हो । इरान विश्वमा सर्वाधिक तेल उत्पादन गर्ने देशको सूचीमा सातौं स्थानमा पर्छ । उसले उत्पादन गरेको तेलको आधा भाग निर्यात मात्र गर्छ । विश्वकै दोस्रो ठुलो ग्यास भण्डार भएको देश पनि हो । उसले प्रतिदिन ३० लाख ब्यारेल तेल मात्र उत्पादन गर्दछ । अमेरिकीहरु यसको उत्पादन कब्जामा लिने रणनीतिका साथ त्यहाँ इजरायललाई प्रयोग गरिरहेका छन् भन्ने अनुमान गरिएको छ ।

यस घटनापछि अमेरिकी सरकारले तुरुन्तै प्रतिक्रिया जनाउँदै हमलामा आफ्नो कुनै संलग्नता नरहेको जनाएको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भने- यो इजरायलको एकपक्षीय कारबाही हो । हाम्रो प्रमुख प्राथमिकता अमेरिकी फौजको सुरक्षा हो । तर, इजरायल र इरानबीच पछिल्लो समय तनाव तीव्र हुँदै गएको छ । यसरी इरानको आणविक कार्यक्रमबारे अन्तर्राष्ट्रिय चिन्ता बढ्दो छ । यसैबीच इजरायली नेतृत्वले आफ्नो अस्तित्व र सुरक्षालाई खतरा देखाउँदै सैन्य तयारी तीव्र बनाएको थियो ।

विश्लेषकहरूका अनुसार यो हमला मध्यमपूर्वीय शक्तिको सन्तुलनमा गहिरो असर पार्न सक्छ । यदि इरानले प्रतिकारात्मक कदम चालेमा पूरा बिनाशकारी युद्धको जोखिम उच्च रहन सक्छ । यसकारण अन्तर्राष्ट्रिय समुदायले संयमता र कूटनीतिक समाधानको अपिल गर्न थालेका छन् ।

सम्बन्धित
Loading...