गमलाको नाटकलाई चुनौती : विप्लव खेतको हिलोमा, जनतासँगै सहकार्य

0 4
Oplus_0

१५ असार, कपिलवस्तु । असारको भेल, खेतको हिलो र किसानको पसिनालाई साक्षी राख्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा वामपन्थी नेता नेत्रविक्रम चन्द ‘विप्लव’ले गमलामा धान रोपेर राष्ट्रिय धान दिवस मनाउने “शहरी नाटक” लाई खुला चुनौती दिएका छन् ।

कपिलवस्तुको खेतको किचकिचेको हिलोमा खुट्टा गाड्दै किसानसँगै धान रोपेका विप्लवले जनतासँग जोडिनु भनेको केवल सामाजिक सञ्जालमा चम्किने फोटो सेसन होइन, कृषकको पीडा बुझ्नु र भूमिको संघर्षमा सँगै उभिनु हो भन्ने सन्देश दिएका छन् ।

गमलाको माटोमा धान रोपेर जनताको दुःखको मजाक उडाउनेहरूलाई यो व्यवहारिक चुनौती हो । जनताको रगत-पसिनाले सिँचिएको खेतका गाली, घाम, हिलो नबुझी सामाजिक परिवर्तनको कुरा गर्नु खोक्रो भाषण मात्र हुन्छ ।

राष्ट्रिय धान दिवस अर्थात् असार १५, जुन दिन किसानले हिलोमा पसिना बगाउँछन्, भविष्यको अन्न रोप्छन् र भूमिप्रति सम्मान प्रकट गर्छन् । तर, पछिल्लो समय सहरिया वृत्त, ठूला होटल, सरकारी भवनको कौसी वा गमलामा धान रोपेर औपचारिकता निभाउने परम्परा मौलाउँदै गएको छ ।

धान गमलामा रोप्न नहुने होइन, तर खेत नछोई, किसानको दुःख नबुझी कृषिको सम्मान हुँदैन । कृषि आत्मनिर्भरताको नारा पोस्टरमा मात्रै होइन, खेतमै देखिनुपर्छ । विप्लव नेतृत्वको पछिल्लो अभियानलाई कृषि उत्पादन, किसानको अधिकार र श्रमको सम्मानसँग जोडेर हेरिएको छ । आजको दिन उनी खेतमा देखिनु, उत्पादनको नीतिमा व्यवहारिक सक्रियता दिनु र गमलाको नाटकलाई चुनौती दिनु राजनीतिक मञ्चभन्दा पृथक् भूमिमा नेतृत्व उभिएको संकेत होन ।

असार १५ केवल धान रोप्ने दिन मात्र होइन, यो भूमिको महत्व, श्रमको सम्मान र आत्मनिर्भर भविष्यको बीउ रोप्ने अवसर हो । जब नेतृत्व गमलाबाट बाहिर निस्कन्छ, खेतको हिलोमा खुट्टा गाड्छ, तब मात्र कृषिको राजनीति जनताको वास्तविक जीवनसँग गाँसिन्छ भन्ने सन्देश दिएको छ ।

सम्बन्धित
Loading...