धान रोपाइँमा मेयर रेणु दाहालको सक्रियता, किसानसँगै हिलोमा उत्रिएर असार १५ मनाइन्
१५ असार, चितवन । आज धान दिवसको अवसरमा भरतपुर महानगरपालिका मेयर रेणु दाहाल प्रत्यक्ष रुपमा किसानसँगै खेतमा उत्रिएर असार १५ मनाउन व्यस्त देखिइन् । स्थानीय किसान र सर्वसाधारणसँग सहकार्य गर्दै मेयर दाहालले हिलोमै खुट्टा चोप्दै धान रोपाइँ गरिन् ।
असार १५ लाई ‘राष्ट्रिय धान दिवस’ तथा ‘रोपाइँ महोत्सव’को रुपमा देशभर विभिन्न कार्यक्रम गरी मनाइन्छ । यस अवसरमा मेयर दाहालले कृषिको महत्व सम्झाउँदै कृषि नै हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो भन्ने कुरालाई व्यवहारत: पुष्टि गर्ने प्रयत्न गरिन । किसानको पसिना र मेहनतको कदर गर्न सबैले आ-आफ्नो स्थानबाट योगदान दिनुपर्छ भन्ने संकेत हो ।
कृषि विकास र किसानको जीवन स्तरमा परिवर्तन ल्याउन नगरपालिकाले प्राथमिकता दिएको देखिन्छ । भरतपुर क्षेत्रका विभिन्न स्थानमा धान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै उहाँले किसानलाई उत्साहित तुल्याउन रोपाइँमा समेत सक्रियता देखाउनुभयो ।
हिलोमा रमाउँदै जनतासँग नजिक हुने शैलीमा देखिएकी मेयर दाहालको सहभागितालाई सर्वसाधारणले सकारात्मक रुपमा लिएका छन् । यसरी धन रोप्न कार्यक्रमका क्रममा किसानहरूले उत्पादन वृद्धिका लागि सरकारी सहयोग र सहज मलबिजको उपलब्धताका लागि माग समेत राखेको स्रोतले जनाएको छ ।