वैदेशिक रोजगार र देशमा मजदुरीहुँदै व्यवसायीसम्म : फारुफ खाँको कथा स्वदेशमै सम्भावना

0 5
Oplus_0

१७ असार, काठमाडौं । देशको एउटा ग्रामीण क्षेत्रबाट “देशमै केही गर्छु” भन्ने दृढ संकल्प लिएर बर्दिया जिल्ला गुलरिया–१२ महम्मदपुरका फारुफ खाँ राजधानी काठमाडौंमा पुगेर आत्मनिर्भर उद्यमीको रुपमा उभिएका छन् ।

एघार वर्षअघि काठमाडौंको तार्केश्वर नगरपालिका–४, पुरानो गुहेश्वरी मन्दिर नजिक रहेको बाँके बर्दिया मिट शप संचालन गरेका छन् । तर उनले सर्वप्रथम त काठमाडौं आउँदा साहुको पसलमा मासिक २५ सय रुपैयाँको मजदुरीबाट यात्रा सुरु गरेका थिए । त्यसले हातमुख जोर्न हम्मेहम्मे परेको थियो । उनलाई थाहा छ देश छोडेर परदेश धाउनुपर्ने बाध्यता कति कठोर हुन्छ । वैदेशिक रोजगारीको बाटो समाते तर सफल भएनन् ।

आखिर फर्किए आफ्नै मातृभूमिमा कसम खाए — “अब आफ्नो माटोमा नै केही गरेर देखाउने ।” संघर्ष र परिश्रमको फलस्वरूप अहिले उनी काठमाडौंमा आफ्नै तीनवटा ससाना मासु पसलका मालिक बनेका छन् ।

फारुफ भन्छन्- “अरूलाई हेर्दा लाग्थ्यो, विदेश गएको मान्छेले धेरै कमाउँछ । तर, त्यहाँ पुगेपछि थाहा भयो, आफू जन्मिएको ठाउँको माया र सम्भावना ठूलो रहेछ ।”

त्यो बुझाइ नै उनको जीवन मोड्ने turning point बन्यो । यसरी राजधानीको भीडमा उनले साना पसल खोले, निरन्तर संघर्ष गरे । रातदिन पसिनासँगै सपना बगाए । परिणाम आज उनी मात्र आत्मनिर्भर बनेका छैनन् । बरु केही अन्यलाई रोजगारीसमेत दिएका छन् ।

फारुफ जस्ता युवाले दिएको सन्देश स्पष्ट छ कि विदेश होइन, स्वदेशमै सम्भावना खोजौं । हरेक पसिना यहाँको माटोमा बग्यो भने सपना पराई भूमिमा होइन, आफ्नै धर्तीमा फल्छ ।

फारुफ खाँको कथा नेपालमै श्रम, सीप र लगनले असफलतालाई अवसरमा बदल्न सकिने जीवित उदाहरण हो । उनले देश नछोडीकन संघर्षको बाटो रोज्ने हरेक युवा देशमा नै सफल हुन सक्छ भन्ने सन्देश प्रवाह गरेका छ्न ।

सम्बन्धित
Loading...