बढ्दो मूल्यवृद्धिको चपेटाे : पेट्रोलदेखि ग्यास र खाद्यान्नसम्म महँगो, सर्वसाधारण आक्रोशित
२१ असार, काठमाडौं । देशभरि मूल्यवृद्धिको लहर नथामिएपछि सर्वसाधारणको दैनिकी थप कष्टकर बनेको छ । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य फेरि वृद्धि गरेको छ ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले आन्तरिक बजारमा समायोजन गरिएको हो । यससँगै पेट्रोल प्रतिलिटर ५ रुपैयाँले बढेर १९० रुपैयाँ पुगेको छ भने खाना पकाउने ग्यास प्रति सिलिन्डर ५० रुपैयाँ महँगो भएर नयाँ मूल्य २,०५० रुपैयाँ कायम भएको छ । डिजेल र मट्टितेलमा पनि समान रूपमा मूल्यवृद्धि गरिएको छ ।
पछिल्लो समय खाद्यान्नदेखि तरकारी, फलफूल, नुन, तेल, दाल, चामललगायतका दैनिक उपभोग्य वस्तुहरूको मूल्य उच्च रहेको अवस्थामा इन्धन र ग्यासको मूल्य फेरि बढ्दा जनतामा आक्रोश बढेको छ ।
स्थानीयहरु भन्छन्-मासिक आम्दानी उस्तै छ, महङ्गीले घर धान्नै गाह्रो भयो । यो कुरा सरकारले किन बिझ्दैन?
सवारी भाडा पनि बढ्ने देखिन्छ । यसरी
इन्धनको मूल्यवृद्धिसँगै सार्वजनिक यातायात व्यवसायीले भाडा समायोजनको तयारी थालेका छन् । यातायात व्यवस्था विभागका अनुसार नयाँ भाडा समायोजन सम्बन्धी प्रस्ताव आउन थालेको छ । यसको असर प्रत्यक्ष रूपमा सर्वसाधारणको ढाडमा पर्ने निश्चित देखिन्छ ।
कृषि उत्पादन लागत बढ्दा किसान पनि मारमा
पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धिले खेतमा प्रयोग हुने ट्र्याक्टर, सिंचाइ पम्प लगायतका उपकरण सञ्चालन महँगो हुने भन्दै किसानहरू चिन्तित छन् । मधेस र तराईका क्षेत्रमा अहिले रोपाइँको सिजन चलिरहँदा सिँचाइ लागत बढ्नाले कृषक थप मारमा पर्ने देखिन्छ ।