नगरमा एसईई टप गर्ने योगेन्द्र बुढालाई सम्मान
२२ असार, बर्दिया । बारबर्दिया नगरपालिका–१, जमुनियास्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी योगेन्द्र कुमार बुढा नगरमै सर्वोत्कृष्ट नतिजा ल्याएर एसईई परीक्षा २०८१ उत्तीर्ण गरेका छन् ।
उत्कृष्ट शैक्षिक उपलब्धिको कदर गर्दै विद्यालय परिवारले शनिवार विशेष कार्यक्रमको आयोजना गरी उनलाई नगद १० हजार रुपैयाँ, दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ ।
सम्मान समारोहमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी अभिभावक र स्थानीय नेताहरूको उपस्थिति थियो । कार्यक्रममार्फत विद्यालय परिवारले नगर शिक्षा शाखा तथा स्थानीय सरकारलाई सहयोग र प्रोत्साहनका लागि धन्यवाद ज्ञापन गरेको छ ।
विद्यालय परिवारले योगेन्द्रको उपलब्धिमा गर्व व्यक्त गर्दै उनको अझै उज्ज्वल भविष्यको कामना गरेको छ ।योगेन्द्रजस्ता मेधावी विद्यार्थीहरू देशको भविष्य हुन्, यस्ता प्रतिभाको सम्मानले अरूलाई पनि प्रेरणा दिन्छ । यसरी कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिले बताए ।
कार्यक्रममा अन्य विद्यार्थीहरूलाई पनि मेहनत र अनुशासनका साथ लक्ष्यमा पुग्न आह्वान गरिएको थियो । साथै सबैको अगाडिको शैक्षिक सत्र सफलताको लागि कामना गरिएको स्रोतले जनाएको छ ।