फिजा टेलर्स : गुलरिया–६ मा फेशनप्रेमीहरूका लागि उत्कृष्ट गन्तव्य

0 7
Oplus_0

३० असार, बर्दिया । गुलरिया नगरपालिका–६, जिल्ला प्रहरी कार्यालय (जिप्रका) अगाडि स्थापना गरिएको “फिजा टेलर्स – लेडिज एण्ड जेन्स” छोटो समयमा नै आधुनिक डिजाइन र गुणस्तरीय सेवाको प्रतीक बन्न थालेको छ ।

महिला र पुरुष दुबैका लागि आधुनिक फेसन र सिलाइको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने उद्देश्यका साथ खोलिएको यो टेलर्सको सञ्चालन रिन्कु राईले गरिरहेकी छन् भने सिलाइकलाको दक्ष हातको रूपमा इर्साद अहम्मद जिम्मेवारी सम्हालिरहेका छन् ।

फिजा टेलर्सले ट्रेन्डअनुसारका लेडिजले गाउन, कुर्ता–सुरुवाल, ब्लाउजदेखि लिएर पुरुषको लागि शर्ट, पाइन्ट, कोट–सूटसम्मको आकर्षक र फिटिङ सिलाइ सेवा प्रदान गर्दै आएको छ । यहाँको विशेषता भनेकै उच्च गुणस्तर, समयपालना, ग्राहक सन्तुष्टि र नवीनता हो ।

स्थानीय स्तरमै उच्चस्तरीय सेवा उपलब्ध गराई, ग्राहकलाई राजधानीस्तरको अनुभूति दिलाउँदै आएको यस टेलर्सले युवा उद्यमशीलता र सीपमूलक व्यवसायको प्रेरक उदाहरण पनि बनेको छ ।

सञ्चालक रिन्कु राय भन्छन्- हामी आधुनिक डिजाइन र कस्टमर फ्रेन्डली सेवा मार्फत ग्राहकलाई खुसी राख्न चाहन्छौं । कालिगड इर्साद अहम्मदको अनुभव र दक्षताले यस टेलर्सलाई अझ मजबुत बनाएको स्थानीयहरूको भनाइ छ ।

फिजा टेलर्स आजको दिनमा गुलरिया क्षेत्रमा फेशनप्रेमीहरूको रोजाइमा पर्ने गन्तव्य बन्दै गएको छ । यदि तपाईं पनि आफ्नो पहिरनलाई व्यावसायिक रूपले ढाल्न चाहनुहुन्छ भने एकपटक फिजा टेलर्स पुग्न नबिर्सनुहोस् ।

सम्बन्धित
Loading...