गोवाबाट स्वदेश फर्किंदै गरेका नेपाली मजदुरको बसमै मृत्यु, आफन्तसम्म पुगेन खबर

0 5
Oplus_0

३१ असार, सल्यान । भारतको गोवाबाट नेपाल फर्किंदै गरेका एक नेपाली मजदुरको यात्राकै क्रममा मृत्यु भएको छ । यसरी साविक डाँडागाउँ-७ सल्यान घर भइ भारतमा श्रम गरेर जीविकोपार्जन गरिरहेका बलबहादुर खड्काको यात्राका क्रममा चलिरहेको बसमै ज्यान गएको हो ।

प्राप्त जानकारीअनुसार उनी नेपाल फर्किने क्रममा रहेको बसमा सवार थिए । तर, बाटोमै अस्वस्थ भएपछि अचेत भएका खड्काको उपचारको अवसार समेत नपाई मृत्यु भएको जनाइएको छ । बस भारत–नेपाल नाका पार गरेर नेपाल प्रवेश गरिसकेको जनाइएको छ ।

स्थानीय प्रशासनका अनुसार खड्काका आफन्तहरूसँग कुनै सम्पर्क नभएको हुँदा पहिचान तथा जिम्मेवारी लिन समस्या भइरहेको छ । यसैकारण, उनको शव व्यवस्थापनका लागि सम्बन्धित निकाय तथा नागरिकस्तरबाट सहयोगको अपेक्षा गरिएको छ ।

सामान्य रोजगारीका लागि भारत जाने नेपाली मजदुरहरूमध्ये कैयौं जनाले यस्तै पीडादायक परिस्थितिको सामना गर्दै आएका छन् । कतिपय अवस्थामा दुर्घटना, अस्वस्थता वा अन्य कारणले ज्यान गुमाउनु परेको यथार्थले प्रवासी श्रमिकको जीवनको जोखिम उजागर गरिरहेको छ ।

नेपाल सरकार तथा सम्बन्धित निकायहरूद्वारा प्रवासी श्रमिकहरूको सुरक्षामा अझै प्रभावकारी व्यवस्था गर्न आवश्यक देखिएको छ ।

ओप्लस_०
सम्बन्धित
Loading...